काठमाडौ /२४ कार्तिक – अमेरिकाको पन्सिलभेनिया राज्यमा सन १९४२ नोभेम्बर २० मा एक क्याथलिक आइरिस परिवारमा जोय् बाइडेनको जन्म भएको थियोे । उनका तीन भाइबहिनी छन । उनका आमा र बुबा क्याथरिन युजेनिया बाइडेन र जोसेफ रोबिनेट बाइडेन हुन । उनको परिवार मध्यम वर्गिय परिवारमा गनिन्थ्यो । आर्थिक स्थिति त्यति राम्रो नभएकोले उनको परिवार पेन्सिलभेनिया छोडेर अमेरिकाको उत्तर पुर्व राज्य डेलावेयर गएको थियो । त्यहीँ उनले स्कुल शिक्षा हासिल गरेका थिए ।
जोय् बाइडेनको एकेडेमिक करियर धरै राम्रो थिएन । उनी कमजोर विद्यार्थीको पंक्तीमा आउँथे । उनले युनिभर्सिटी अफ डेलावेयरबाट सन्न १९६५ मा इतिहास र राजनिति विषयमा स्नातक पुरा गरे । सन १९६८ मा उनले कानुनका डिग्री हासिल गरे । कानुन अध्ययनका क्रममा ८५ जनाको कक्षामा उनी ७६ स्थानमा परेका थिए ।
उनी पब्लिक स्पिकरका रुपमा धेरै राम्रो वक्तामा गनिन्थे । खेलकुदमा उनको लगाब थियो । उनी फुटबल र बेसबलका राम्रा खेलाडी थिए । बाइडेन थेटरमा पनि राम्रो कलाकारमा गनिन्थ्यो ।सानोमा भकभके भएकोले त्यसबाट मुक्ती पाउन उनले ऐना अगाडी उभर घन्टौंसम्म ठुलो स्वरमा कविता वाचन तथा पढ्ने गर्थे ।
आफनो राजनितिक करियरको सुरवातमा उनले अमेरिकी बच्चाबीच नस्लिय भेदभाव कम गर्नका लािग सँगै पढाउने नितिको विरोध गर्नेहरुलाई समर्थन गरेका थिए । उक्त प्रसंग प्राइमरी चुनावका क्रममा हाल उनकै उपराष्ट्र्पति कमला ह्यारिसले उठाएकी थिइन । सुरुमा उक्त आरोप उनले अस्विकार गरेका थिए । तर सन २०१९ को अन्त्यतिर उक्त आरोप स्विकार गर्दै त्यसका लागि माफी मागेका थिए ।
राजनितिक जीवन
७७ बर्षिय जोय् बाइडेन करिब ५० बर्षदेखि अमेरिकी राजनितिमा सक्रिय छन । बाइडेनले वकिलका रुपमा आफनो करियर सुरुवात गरेका थिए । त्यसपछि उनले राजनिति तर्फ आफुलाई मोडे । सन १९७२ मा उनी पहिलो पटक चुनावी राजनितिमा आए र डेलावेयरको न्यु काउन्टीमा निर्वाचित भए । यहाँ उनले एक दश लेनको हाइवेका लागि संघर्ष गरेका थिए ।
१९७२ मा बाइडेनले अमेरिकी सिनेटका लागि उम्मेदवारी घोषणा गरे । डेलावेयरबाट उनी सन १९७३ मा सिनेटर चुनिए । बाइडेन यहाँबाट लगातार सन २००९ सम्म सिनेटरमा निर्वाचित भइरहे । यसैवर्ष उनी बाराक ओबामाको प्रशासनमा उपराष्ट्र्पति बनेका थिए , जसको कारण सिनेटर पद छोड्नु परेको थियो ।
अमेरिकी इतिहासमा ३० बर्षको उमेरमा सिनेटर बन्ने उनी छैथौं युवा हुन । अहिलेसमम ३१ बर्ष नपुग्दै सिनेटर पद सम्हालेका १८ जना मात्र छन ।
राष्ट्र्पतिका लागि तीन पटक प्रयास
बाइडेन अब अमेरिकी राष्ट्र्पति निर्वाचित भइसकेका छन । तर उनको लागि यो मार्ग त्यत्ति सहज भएन । बाइडेन आफनो राजनितिक करियरमा तीन पटक राष्ट्र्पति बन्ने दौडमा समावेश भए, यो भन्दा अघिका दुई पटकको प्रयास उनी असफल रह्यो । सबैभन्दा पहिला बाइडेनले सन १९८७ मा राष्ट्र्पति पदका लागि प्रयास गरेका थिए ।
उनले डेमोक्र्याट्सका तर्फबाट प्राइमरी पनि लडेका थिए । सन १९८८ मा हुने चुनावका लािग बाइडेनले चुनाव प्रसार पनि गरे तर उनीमाथि एक भाषणा चोरी गरेको आरोप लाग्यो । त्यसपछि उनको स्वास्थ्य पनि खराब भयो र सल्यक्रिया गराउनु परेकोले आफ्नो अभियानबाट फिर्ता हुनु पर्यो ।
त्यसपछि सन २०१६ को राष्ट्र्पति चुनावमा पनि क्याम्पेन सुरु भइसकेको थियो । तर सन २०१५ मा छोरा ब्युको एक दुर्लभ क्यान्सरका कारण मृत्यु भएपछि उनले चुनाव लड्ने निर्णय त्यागेका थिए । तेस्रो पटक सन २०२० मा आप्mनो भाग्यको परिक्षण गर्न उनी तयार भए र सफल भए । जो बाइडेनले आफनो सुरुवाट काउन्टीबाट गरे, फेरी सिनेटर, उपराष्ट्पति हुँदै अब राष्ट्र्पतिसम्मको यात्रा पुरा गरेका छन । नेपाल समाचारपत्र र एजेन्सीको सहयोगबाट ।



