काठमाडौं /२३ असोज – राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ ।
सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको हो । असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो । परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेकोमा ७ हजारभन्दा बढीले फर्म भरेका थिए ।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।



