शिक्षिकालाई यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि शिक्षक पक्राउ

दाङ /२२ असोज – विद्यालय भित्रै शिक्षिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

घोराहीमा रहेको एक विद्यालयका शिक्षक शिवकुमार रानाले सहकर्मी शिक्षिकालाई यौन दुव्र्यवहार गरेको जाहेरीका अधारमा उनलाइ पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


रानाले पटक पटक यौन दुव्र्यवहार गर्न खोजेको र अति भए पछि सहयोगको लागि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको शिीक्षकाले सामाजिक सञ्जालमा बताएकी छन् ।

शिक्षिकालाई यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले रानालाई बर्खास्त गरेको छ ।

शिक्षिकाले कैची माग्छिन तर रानाले नदिकन कुर्चिमा ढल्किएर कैंचीलाई आफ्नो यौनांगमा राखेर आफैं लैजान भनेको भिडियोमा देख्न सकिन्छ । भिडियो सार्वजनिक भएपछि बुधबार नै रानालाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालयले बुधबार विज्ञप्ती जारी गरी शिक्षक रानालाई सेवाबाट बर्खास्त गरेको छ । साथै कानूनी कारबाहीको प्रक्रियामा सहयोग गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।