काठमाडौं /२३ असोज – सिटिईभिटीले कोभिड १९ का कारण स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने भएको छ ।
परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोभिड १९ का का कारण स्थगित भएका थिए ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कात्तिक तेस्रो साताबाट सिटिईभिटीले परिक्षा सञ्चालन गर्ने जनाएको छ ।




