रामेछाप/ २१ असोज – रामेछापमा संक्रमणको संख्या बढ्दै गइरहेको र समुदायस्तरमा फैलिने जोखिम उच्च भएकोले शैक्षिक संस्थालाई विद्यार्थीहरुको उपस्थितीमा पठनपाठन र परिक्षा नगर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ ।
रामेछापमा शैक्षिक संस्थाहरू खुल्न थालेपछि प्रिशासनले शैक्षिक संस्था सञ्चालन नगर्न र नगराउन निर्देशन दिएको हो ।
संक्रमण दर उच्च रुपमा बढीरहेको अवस्थामा जिल्ला भित्रका केहि स्थानका विद्यालयहरुमा भौतिक रुपमै विद्यार्थीहरुको उपस्थितीमा पठनपाठन गर्न थालेकोले विद्यार्थीको उपस्थितीमा पठनपाठन नगराउन निर्देशन दिएको हो ।
साथै जिल्ला प्रशासनको अनुगमन गर्दा सिकाई प्रक्रियामा मापदण्डको पूर्ण रुपमा पालना भएको नदेखिएको सचेत गराइएको र जिल्लाका अन्यपालिकामा समेत स्वीकृत कार्ययोजना र निर्देशिका विपरीत प्रत्यक्ष सिकाइ विधि अवलम्वन गरी विद्यार्थीहरुमा संक्रामण्को जोखिम देखिएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको छ ।
शिक्षा मन्त्रालयबाट स्वीकृत विद्यार्थी सहजिकरण निर्देशिका २०७७ र शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना बमोजिम शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्न सम्पुर्ण पलिकाहरु र विद्यालय व्यावस्थापन समितिहरुलाइ आग्रह गरेको छ ।
जिल्लामा सामुदायिक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा सोको सम्पुर्ण जिम्मेवारी विद्यालय र सम्बन्धित निकाय रहने सुचनामा उल्लेख छ । उल्लेखित जोखिम बढाउने काम कारबाही गरे र गराएको पाइए कारबाही हुने चेतावनि दिएको छ ।
जिल्लामा हालसम्म संक्रमित संख्या ८१ पुगेको छ भने ६३ निको भईसकेको र १८ जना आइसोलेशनमा उपचार भइरहेको छ ।




