काठमाडौँ २० असोज कक्षा ७ को नेपाली विषयमा भएको पर्यटनसम्बन्धी पाठ सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले कक्षा ७ मा पढाइ हुदै आइरहेको नेपाली विषयमा रहेको पर्यटनसम्बन्धी पाठमा गलत जानकारी भएकोले सच्याउन भनेको हो ।
केन्द्रले ध्यनाकार्षण पत्रमा भनेको छ “२०७१ सालमा प्रकाशन गरेको प्रा डा बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेख्नुभएको उक्त विषयको पाठ चारको पेज नं २७ मा चितवनको वाल्मीकि आश्रमलाई पर्सामा पर्ने भनिएको छ भने तनहुँतर्फको देवघाटलाई चितवनमा पर्ने भनिएको छ ।”
महासङ्घले सोमबार पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षणपत्र पठाई यथाशीघ्र गल्ती सच्याएर पठनपाठन गराउन विद्यालयमा निर्देशन दिन माग गरिएको छ ।



