सुर्खेत/७ मंसिर – मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सातवटा ग्राजुएट स्कुलका डिन तथा दुईवटा निर्देशनालयका निर्देशक पदका लागि आवेदन माग गरेको छ ।
विश्वविद्यालयले प्रकाशित गरेको सूचनाअनुसार ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, एजुकेसन, इन्जिनियरिङ, ह्युमानिटिज एन्ड सोसल साइन्स, ल, म्यानेजमेन्ट तथा साइन्स एन्ड टेक्नोलोजीका लागि डिन नियुक्त गर्न आवेदन माग गरेको हो ।
साथै अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक र पाठ्यक्रम विकास निर्देशनालयको कार्यकारी निर्देशक पदमा समेत प्रतिस्पर्धाका आधारमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारलाई सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणित प्रतिलिपि र व्यक्तिगत विवरण (बायोडाटा) सहित आवेदन पेस गर्न आग्रह गरेको छ । आवेदकले विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना समेत पेस गर्नुपर्नेछ । उक्त कार्ययोजना बढीमा २ हजार ५०० शब्दको हुनुपर्ने सूचनामा उल्लेख छ ।
कार्ययोजनामा सम्बन्धित संकायको विद्यमान अवस्थाको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा तथा स्रोत, बजेट र अनुगमनका विषय समेट्नुपर्नेछ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् मङ्सिर १३ गते राति १२ बजेसम्म विश्वविद्यालयको आधिकारिक इमेल बउउष्अिबतष्यल२mग।भमग।लउ मा आवेदन पठाउनुपर्नेछ ।



