काठमाडौं/३० कार्तिक – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुलाएको छ । आयोगले २०८३ सालको विज्ञापन नम्बर ४५/०८३/८४ अन्तर्गत इच्छुक तथा योग्यता पुगेका उम्मेदवारबाट अनलाइन आवेदन आह्वान गरेको हो ।
आयोगले जारी गरेको सूचनाअनुसार आगामी मंसिर ७ गते सोमबारदेखि अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति पुस ७ गतेसम्म तोकिएको छ । तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ । आवेदन दिनका लागि अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । साथै शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) मा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा तालिम पूरा गरेको हुनुपर्नेछ ।
परीक्षा लिखित तथा वस्तुगत प्रणालीमा सञ्चालन हुने र परीक्षाको मिति र समय आयोगले पछि प्रकाशन गर्ने जनाएको छ । सथै परीक्षा केन्द्र प्रदेश राजधानी रहेका जिल्लाहरू तथा आयोगले आवश्यकताअनुसार तोकेका अन्य जिल्लामा रहने जनाएको छ ।
आयोगका अनुसार इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली जततउकस्ररष्अिभलकभ।तकअ।नयख।लउर मा गई आवेदन दिन सक्नेछन् ।



