नेतृत्व नैतिकवान भए नैतिक शिक्षा पाठ्यक्रममै किन चाहियो ?

काठमाडौँ /१ असोज – शिक्षाविद् मेदीन लामिछानेले नैतिक शिक्षाको सवालमा हाम्रा संस्थाहरूमा नैतिक भैदिए, नेतृत्वमा नैतिकता भैदिए र प्रणाली वा व्यवहारमा नैतिकता भैदिए नैतिक शिक्षाको आवश्यकता नै नहुँने औँल्याएका छन् ।


अहिलेको पुस्तामा फरक सोच भएकोले अघिल्लो पुस्ताले स्वीकार गरेको कुरा नबुझी स्वीकार नगर्ने उल्लेख गर्दै प्रणाली नै नैतिक बनाइयो भने मात्रै त्यसले काम गर्ने बताए ।


हिजोका दिनहरूमा कक्षाकोठामा वा पाठ्यक्रममा जसले नैतिक शिक्षा पढेर आएको छ आज सबै भन्दा अनैतिक त्यही वर्ग आउन सक्ने उल्लेख गर्दै नैतिक शिक्षालाई नीतिमा, पाठ्यक्रममा र कक्षाकोठामा मात्रै लैजाँदैमा प्रभावकारी हुन नसक्ने तर्क गरे ।


हाम्रा संस्थाहरूमा नैतिकता भैदिए, नागरिकहरूमा नैतिकता भए र हाम्रो नेतृत्व नैतिकवान भैदिने हो भने नैतिक शिक्षा नीति, पाठ्यक्रम र कक्षाकोठामा नचाहिने बताए । “सबै भन्दा परिवर्तन हाम्रा प्रणाली नैतिक हुनुपर्छ, हाम्रा व्यवहारमा नैतिकता हुनुपर्छ र हाम्रा नेतृत्वहरूमा नैतिकपन हुनुपर्छ” उनले भने ।


नेतृत्वमा नैतिक भयो भने त्यसबाट धेरै प्रभाव पर्ने बताउँदै कक्षाकोठामा पढाउँदैमा नैतिकता हुन्छ भन्ने कुरा अघिल्ला पुस्ताहरूबाट प्रमाणित नभएको उनको भनाई छ ।


यहाँबाट हेर्नुहोस पुरा भिडियो