त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित

काठमाडौँ /१० भदौ – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस, त्रिशुली, नुवाकोट परीक्षा केन्द्रको परीक्षा स्थगित गरेको जनाएको छ ।


व्यवस्थापन संकाय, डीनको कार्यालबाट पुर्वनिर्धारित परीक्षा तालिका बमोजिम संचालन भईरहेको स्नातकोत्तर तहको मास्टर अफ बिजनेस स्टडीज अन्तर्गतका परीक्षा स्थगित गरेको जनाएको हो ।


प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकुल परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । उल्लेखित स्थगित विषयको परीक्षा तालिका यथाशिघ्र प्रकाशित गरिने त्रिविले जनाएको छ ।


साथै अन्य परीक्षा केन्द्रहरुमा भने पुर्वनिर्धारित तालिका बमोजिमनै परीक्षा संचालन गरिनेसूचनामा उल्लेख छ ।