काठमाडौँ /२१ साउन – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बालबालिका र अभिभावकको सहमति विना विद्यालय समय भन्दा अतिरिक्त समयमा जुनसुकै बहानामा पनि विद्यलयमा बालबालिकालाई वस्न बाध्य नपार्न निर्देशन दिएको छ । नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सो निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेलो सरकामा सार्वजनिक विदाको दिनमा विद्यालय सञ्चालन भएको, सार्वजनिक विदा तथा अन्य दिनमा पनि विद्यालयको समय भन्दा अतिरिक्त समयमा विद्यार्थीलाई विद्यालय आउन वाध्य वनाइएको र वालवालिकालाई कपाल काट्न फोर्स गरिएको गुनासो आएपछि निर्देशन दिएको पालिकाले जनाएको छ ।
यसैगरी शनिवार र आइतवार लगायत अन्य सार्वजनिक विदाको दिनमा बालबालिकालाई जुनसुकै बहानामा पनि विद्यालयमा उपस्थित हुन बाध्य नपार्न र बालबालिकालाई कपाल काट्न बाध्यकारी वातावरण सृजना नगर्न भनिएको छ ।



