काठमाडौँ /२१ साउन- त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले बिसिएमा भर्नाका लागी प्रवेश परीक्षाको अनलाइन फाराम भर्ने समयावधि थप गरेको छ ।
सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह Bachelor in Computer Application (BCA) कार्यक्रममा शैक्षिक वर्ष २०८३/०८४ (सन् २०२६) मा नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन परीक्षा फाराम भर्ने समयावधि थप गरेको हो ।
प्रवेश परीक्षा फाराम श्रावण २६ गते सम्म नियमित दस्तुरमा त्यसपछि २९ गतेसम्म दोब्बर दस्तुरमा भर्न सकिनेछ ।
साथै सम्बन्धित क्याम्पस÷कलेजहरुले नियमित दस्तुरको परीक्षा फाराम श्रावण २७ गतेसम्म र दोब्बर दस्तुरको परीक्षा फाराम श्रावण ३० गतेभित्र अनिवार्य रुपमा अनुमोदन गरिसक्नु पर्नेछ ।
सम्बन्धित परीक्षार्थीहरुले श्रावण २७ गतेबाट प्रवेश पत्र प्रिन्ट गरि लिन सक्नेछन् ।



