शिक्षामन्त्रीले भने : शिक्षकहरूको प्रोत्साहन भत्ताको विषयमा किन अफवाह फैलाइँदैछ ?

काठमाडौँ /११ साउन – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको बताउँदै अफवाह नफैलाइदिन आग्रह गरेका छन् ।


अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत भएर नआएको बताउँदै सो आग्रह गरेका हुन् ।


शिक्षकहरूको मात्र होइन, निजामती कर्मचारीहरूको हकमा पनि उस्तै रहेको र अनावश्यक अफवाह नफैलाइदिनुहुन अनुरोध गरेका छन् ।


उनले भनेका छन् “प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको हो । तर, अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत भएर आएको छैन । यो अवस्था शिक्षकहरूको मात्र होइन, निजामती कर्मचारीहरूको हकमा पनि उस्तै छ । अनावश्यक अफवाह नफैलाइदिनुहुन सबैमा अनुरोध गर्दछु ।”


मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम कार्यान्वयन कार्यविधिमा समावेश नभएपछि शिक्षकहरूले यसबारेमा चासो राखेका छन् ।