शीतलहरका कारण धरानका विद्यालयमा तीन दिन विदा

धरान/१७ पुष – केही दिनदेखि बढेको अत्यधिक चिसो तथा शीतलहरका कारण धरान उपमहानगरपालिकाले तीन दिन विद्यालयमा विदा गरेको छ । विद्यालयहरूमा पठनपाठन गर्न कठिनाइ सिर्जना भएकोले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा गरेको हो ।


पुष १६ गतेदेखि १८ गतेसम्म ३ ९तीन० दिन धरान उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा विदा गर्ने नगर प्रमुखस्तरीय निर्णय गरेको जनाइएको छ ।


साथै उक्त विदा अवधिमा विद्यालयको पठनपाठन, परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन नगर्नु/नगराउनु उपमहानगरपालिकाले आग्रह गरेको छ ।