काठमाडौँ /१६ पुष – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा सुधार, मूल्याङ्कन र गुणस्तरमापन, नतिजा विश्लेषण एवं नतिजा विश्लेषणबाट देखिएका समस्याहरूसँग सम्बन्धित शोधपत्र लेखनका लागि अनुदान उपलब्ध गराउन आवेदन माग गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार स्नातकोत्तर, एम. फिल र विद्यावारिधि तहका विद्यार्थी वा शोधार्थीबाट प्रस्ताव सहितको आवेदन माग गरेको हो ।
इच्छुक विद्यार्थी तथा शोधार्थीले २०८२ फागुन १५ गते भित्रमा शोध प्रस्ताव सहितको निवेदन पेश गर्न सक्ने बोर्डलेसूचनामा उल्ल्ेख गरेको छ ।
विषेश अनुसन्धान अनुदानका लागि प्रस्ताव माग
विश्वविद्यालय अनुदान आयोगले विषेश अनुसन्धान अनुदानका लागि प्रस्ताव आह्वान गरेको छ ।
आयोगको कार्यक्रम कार्यविधि २०८२ मा उल्लेख भए अनुसार राष्ट्रिय महत्वका र आयोग एवं विश्वविद्यालय तथा सरकारी निकायहरूलाई आवश्यक र उपयोगी नीतिगत विषयहरूमा अनुसन्धान गर्न ’विषेश अनुसन्धान अनुदान’ प्रदान गर्ने उदेश्यले प्रस्ताव आह्वान गरेको हो ।
विभिन्न शीर्षकहरूमा अनुसन्धानका लागि विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रहरूबाट २०८२ माघ ०२ भित्र प्रस्ताव पेश गर्नुपर्ने सूचनामा भनिएको छ ।
अनुसन्धानका शिर्षक
1. Student Outmigration from NepalM Drivers and Policy Responses
2. Impact and Effectiveness of Scholarship and Equity Grants on Higher Education in Nepal



