काठमाडौँ /१२ पुष -राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष हुनका लागि शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा बाह्र वर्षको अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आव्हान गर्दै सो व्यावस्था गरको हो ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८२ बमोजिम दरखास्त माग गरेको छ ।
साथै मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तीमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उम्मेदवारहरुबिच योग्यताक्रम निर्धारण गरी उच्च अङ्क प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकारमा सिफारिस गरिने व्यवस्था छ ।
योग्यता र अनुभव भएका इच्छुक व्यक्तिबाट पुस २४ गते सिफारिस समितिको सचिवालय नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ ।



