एनओसी शाखामा गुनासो तथा विद्यार्थी सहायता कक्ष सञ्चालनमा

काठमाडौँ/११ पुष – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले, वैदेशिक अध्ययन अनुमति शाखामा गुनासो तथा विद्यार्थी सहायता कक्ष सञ्चालन गरेको छ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)मा आइपरेका समस्या तथा गुनासोहरुको सुनुवाइ गरी सेवा प्रवाहमा सहजता प्रदान गर्ने उदेश्यले सञ्चालनमा ल्याईएको हो ।


वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) का लागि अनलाईन आवेदन गर्ने विद्यार्थीहरूलाई मन्त्रालयको एनओसी अनलाइन पोर्टलबाट उपलब्ध गराउँदै आएको छ ।


विदेशमा उच्च शिक्षा अध्ययनको लागि वैदेशिक अध्ययन अनुमति पत्र लिई विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने र वैदेशिक अध्ययन अनुमति पत्र लिई विदेशमा उच्च शिक्षा अध्ययन गर्न गएका तथा हाल उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहजीकरण गर्नका लागि सहायता कक्षको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।


शाखाको फोन नम्बर र इमेलमा समस्या र गुनासोहरु राख्न मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ ।