काठमाडौँ/५ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध गरेका छन् । जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासो आएको भन्दै अनुरोध गरेका हुन् ।
आफू मन्त्रीको कुर्सीमा बसेपछि सबैको गुनासो सुन्नु पर्ने र बेथिति हटाउनु पर्ने उनको भनाई छ ।
उनले भनेका छन् “जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखज्यूहरूले शिक्षकहरूलाई दिनु पर्ने सेवा निष्पक्षतापूर्वक दिन हुन अनुरोध छ । नढाँटीकन भन्नु पर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ । मन्त्रीको कुर्सीमा बसेपछि मैले सबैको गुनासो सुन्नु पर्छ र बेथिति हटाउनु पर्छ ।”



