काठमाडौँ/२६ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको भित्र रहेको जंगल परिसरमा पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्रको झाडी २५ दिनमा श्रमदानमार्फत फँडानी गरिसकिएको जानकारी दिएका छन् ।
पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, स्थानीय बासिन्दाहरू र विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान – त्रिभुवन विश्वविद्यालय कीर्तिपुर भित्र करिब ३५० रोपनी जग्गामा भएको जंगल भित्र रहेको झाडी २५ दिन श्रमदान गरेर श्रमदाताहरूले करिब करिव फँडानी गरिसकेका छन्। अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाका छन्। अब त्यहाँ सुन्दर पार्क बनाउने योजना बन्दैछ । ”
मन्त्री पुनका अनुसार, पार्कमा हिँडडुल मार्ग, वृक्षारोपण, विश्राम स्थल र अध्ययन तथा मनोरञ्जनका लागि अनुकूल वातावरण तयार पार्ने योजना छ ।
।



