काठमाडौँ /३१ भदौ – राष्ट्रिय किताबखाना (शिक्षक)ले समयमा सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकहरुका लागि म्याद थप गरेको ।
हरेक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० (साठी) दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेकोमा आ.व.२०८१/०८२ को सम्पत्ति विवरण बुझाउने अवधि मिति २०८२।०५।२९ गते समाप्त भएकोमा उक्त म्याद थप गरेको हो ।
समयमा सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकहरुले सम्पत्ति विवरण बुझाउन नसक्नाको कारणसहितको निवेदन र कार्यरत विद्यालयको सिफारिससहित सम्पत्ति विवरण दर्ताको लागि असोस २८ सम्म कितावखानामा पेस गर्न सकिने जनाएको छ ।
“तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसक्ने सार्वजनिक पद धारण गरेको व्यक्तिले विवरण पेश गर्न नसक्नाको कारणसहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा ३० (तीस) दिनसम्मको म्याद थप दिन सक्नेछ भनी उल्लेख भएको हुँदा उपदफा (१) मा उल्लेख भएको समयमा सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकहरुले सम्पत्ति विवरण बुझाउन नसक्नाको कारणसहितको निवेदन र कार्यरत विद्यालयको सिफारिससहित सम्पत्ति विवरण दर्ताको लागि मिति २०८२।०६।२८ सम्म यस कितावखानामा पेस गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ” सूचनामा भनिएको छ ।



