काठमाडौं/३१ भदौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते गर्ने जनाएको छ ।
बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण स्थगित गरेको थियो ।




