काठमाडौँ /२६ भदौ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन ९अनेरास्ववियु० का अध्यक्ष डा। सुजन कडरियाले पदबाट राजीनामा दिन बाध्य पारिएको बताएका छन् । जेनजी पुस्ताको नाममा घरमा हातहतियारसहित आक्रमण गर्न आएको र उनीहरूले हत्या गर्न खोजेको बताउँदै जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य पारेको सार्वजनिक गरेका छन् ।
त्यतिबेला त्यो पोस्ट नगरिएको भए आफू जिउँदो नहुने हुने प्रष्ट पार्दै कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा नदिएको उनको भनाई छ ।
“उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए । शारीरिक हातपात त भयो नै, त्यसमाथि जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य बनाइयो । सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जिउँदो हुने थिइन । तर यो प्रस्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। हो,मलाइ मार्न आएका हुन् यो सत्य हो, मलाइ हातपात पनि भयो र मार्न खोजीयो एक जना चिनेको भाइले बचाएकै हो, उ प्रति जीवनभर कृतज्ञ रहनेछु ” उनले भनेका छन् ।
यस्तो छ उनको भनाई
हरेक पलहरू सपना जस्तै लागेको छ, विद्यार्थीमाथि गोली वर्षाएको घटनाले मलाइ विक्षिप्त बनाएको थियो । जेनजी पुस्ताको नाममा मेरो घरमा हातहतियारसहित आक्रमण गर्न आएको विषय पूर्ण सत्य हो । उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए । शारीरिक हातपात त भयो नै, त्यसमाथि जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य बनाइयो । सायद त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए, म आज जिउँदो हुने थिइन। तर यो प्रस्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन। हो,मलाइ मार्न आएका हुन् यो सत्य हो, मलाइ हातपात पनि भयो र मार्न खोजीयो एक जना चिनेको भाइले बचाएकै हो, उ प्रति जीवनभर कृतज्ञ रहनेछु । आज हामी सबैले एक अर्कालाई दोषारोपण होइन एकता भावका साथ संयमित हुन जरुरी छ । यस्तो बेलामा संविधान रक्षाको निमित्त सबै एक हुन जरुरी छ । यती वेला अव कसैले मारेछन्, भनेपनि एमाले छोड्दिन, यो नै सत्य हो । यो सबै परिस्थितिले पुष्टि हुन्छ कि देशलाई माया गर्ने एमाले नै हो । कुनै पनि आन्दोलनले देशको सिंहदरबार जलाउन सक्दैन, अदालत जलाउन सक्दैन । विद्यार्थी मार्दा हामीले गलत भयो भन्यौँ, अव यति ढुक्क साथ भन्छु त्यस पछि झनै अराजकता बढेको छ । देश संविधान अनुसार नै चल्नु पर्छ । देशका वरिष्ठ नेताहरू यो परिस्थितिको सामना गर्न नसक्दा म बाट कमजोरी भएकै हो। यसबाट एमाले जनमा पुर्याएको चोट प्रति क्षमा प्रार्थी छु।सबै परिस्थितिको निम्ति आत्मालोचित छु । मानिसले भुलहरू बाट नै सच्चिने हो।अहिलेलाई म ठिक छु । देश बचाउन सक्यौँ भने हाम्रो जित हुनेछ ।



