काठमाडौं/२६ भदौ – लोक सेवा आयोग, केन्द्रीय कार्यालयले सम्पूर्ण लिखित परीक्षा र अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ ।
मुलुकमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै आयोग र अन्तर्गत कार्यालयबाट सञ्चालन गर्ने गरी मिति तोकिएका सम्पूर्ण लिखित परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम अर्को स्थगित गरेको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको आयोगले जानकारी दिएको छ ।



