काठमाडौं/२५ भदौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगन गरेको छ ।
बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो ।
“राष्ट्रिय परीक्षा बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ । स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तिमा ७ (सात) दिनको समयावधि दिई पछि प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ” सूचनामा भनिएको छ ।



