काठमाडौँ/२३ भदौ – निजी विद्यालयहरूको पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । जेनजी पुस्ताहरूको आन्दोनका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
निजी विद्यालयका छाता संगठनहरूको संयुक्त आन्दोलन परिचालन समितिद्वारा पूर्वघोषित भदौ २४ र २५ गते काठमाडौँमा सञ्चालन गर्ने भनिएको शैक्षिक आन्दोलनको कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए ।



