विद्यालयमा १९ थरिका शिक्षा हुनु राज्यको कमजोरी हो : सभापति ईश्वरी देवी न्यौपाने

काठमाडौँ /२२ भदौ – राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरी देवी न्यौपानेले निःशुल्क शिक्षा राज्य आफैले दिन नसक्ने अवस्थामा रहेको बताउँदै निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोज्नु ठिक नभएको बताएकी छन् । संविधानमा निःशुल्क शिक्षा पनि लेखिएको र संविधानमै तीन खम्बे अर्थनीति पनि लेखिएको उल्लेख गर्दै सो कुरा बताएकी हुन् ।


अहिले निजी विद्यालयहरू आन्दोलनमा रहेको र सामुदायिक विद्यालयका शिक्षकहरू पनि आन्दोलनमा रहेको बताउँदै किन सबैले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन खज्छन् त्यसलाई ध्यान दिन आवश्यक रहेकोमा जोड् दिईन । सामुदायिक विद्यालयमा १९ थरिका शिक्षा हुनुमा पनि राज्यको कमजोरी रहेको उनको भनाई छ ।


न्यौपानेले त्यसरी शिक्षक राख्नु भन्दा जति चाहिन्छ त्यति राख्ने र राखेपछि स्थायी राख्नु पर्ने बताइन । राज्यले सञ्चालन गरेका विद्यालयमा केही विद्यार्थीको एसईईको नतिजामा शून्य प्रतिशत नतिजा कनि आउछ रु तलब पनि राम्रै दिइरहेकै छ । त्यो विषयमा छलफल गर्नुपर्ने र संवेदनशील हुनुपर्ने अवस्था रहेको बताइन । तर निजी विद्यालयको नतिजा राम्रो आउनुको कारण पनि खोज्नु पर्ने उनको भनाई छ ।


राज्यले राम्रो गर्ने विद्यालयलाई पुरस्कार दिनुपर्ने र जुन विद्यालयले शून्य नतिजा ल्याएको छ त्यसलाई कारबाही पनि गर्ने व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरीन । सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपात नमिलेको बताउँदै यसको पनि व्यवस्थापन गर्नुपर्ने बताइन । राज्यले निःशुल्क शिक्षा दिने भने पनि पूर्ण निःशुल्क गर्न नसकेको उल्लेख गर्दै राम्रो विद्यालय बनाउनेलाई सरकारले सहयोग गर्नुपर्ने खाँचो रहेकोमा जोड् दिइन ।

साथै राज्य धेरै सक्षम नभएको, लगानी गर्न सक्ने अवस्थामा नरहेकोले निःशुल्क शिक्षा दिन सक्ने अवस्थामा अहिले नभएको र निजी विद्यालयसँग सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताइन । प्रस्तावित विधेयकमा पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउनु पर्ने प्रावधान राखिएको विषय ठिक नभएको तर्क गरिन ।


कति निजी विद्यालयले बैंकबाट लोन लिएको होलान, निजी विद्यालय व्यवसायकै लागि खोलिएका हुन्, बरु नियमन गर्न सकिन्छ । तर पूर्ण छात्रवृत्ति नै देउ भन्नु, क्रमशः गैरनाफामूलक बनाउनु पर्छ भन्नु भनेको बन्द गर्न खोजिएको हो । कित सबै कुरा राज्यले गर्न सक्नुपर्छ, गर्न नसक्ने भएपछि निजी विद्यालय बन्द गर्ने तर्फ पनि जानु ठिक होइन उनले भनिन् ।


हेर्नुहोस भिडियोमा