काठमाडौं/२ साउन – शैक्षिक हडताल कारण आज केही शिक्षालयहरु बन्द एका छन् । विद्यालय र कलेज बन्द भएका छन् । नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी)ले आह्वान गरेको बन्दका कारण विद्यालय तथा कलेजहरु प्रभावित भएका हुन् ।
उनिहरुले शिक्षा ऐन यथाशिघ्र जारी गर्नुपर्ने माग राख्नुका साथै निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा निजीकरण बन्द हुनुपर्ने माग रहेका छन् । विद्यार्थी संगठनले शैक्षिक हड्तालको घोषणा गरेका कारण विद्यालयहरु आंशिक रुपमा बन्द भएका छन् ।



