काठमाडौं/१३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईको नतिजामा ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको भन्दै बितेको वर्षमा नतिजा सुधार गर्न गरेको मेहनत काम लागेको बताएका छन् । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड रहनु परेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई १ यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी none graded रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ । ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ । सबै भाइबहिनीहरूलाई बधाई !’



