प्रिमियर इन्टरनेशनल स्कुलको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ /३० जेठ – ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले “ललितपुर शिक्षाको केन्द्र रहेको बताएका छन् । प्रिमियर इन्टरनेशनल स्कुलको आईबिडिपी र एनईबी दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।


उनले ललितपुर शिक्षाको केन्द्र रहेको र प्रिमियरजस्तो विद्यालय यो पहिचानको नेतृत्व गरिरहेको बताउँदै प्रिमियर सिङ्गो देशकै उत्कृष्ट विद्यालयहरूमध्ये एक एक रहेको बताए । साथै आफ्ना शैक्षिक अनुभव, आभार तथा भविष्यका आकाङ्क्षाहरू भावनात्मक रूपमा प्रस्तुत गर्दै आईबिडिपी र एनईबीमा अध्ययन पुरा गरेका विद्यार्थीलाई दीक्षित गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका थिए ।


विद्यालयकी संस्थापक निर्देशक पवित्रा लिम्बुले विद्यार्थीहरूलाई उत्सुक र जिज्ञासु सिक्ने यात्राका रूपमा अभिभावकबाट लिएको र जिम्मेवार, संवेदनशील र सक्षम युवा बनाएर अभिभावकको काखमा फर्काइएको बताइन । शैक्षिक निर्देशक प्रविना थापाले विद्यार्थीले पाएको ज्ञान र सीप अर्थपूर्ण योगदानका रुपमा लिएर आफ्नै देशमा लगानी गर्न आग्रह गरिन ।


आइबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेशनल स्कूलले आईबिडिपी र एनईबी अन्तर्गत अध्ययन पूरा गरेका ७३ जनामा ४१ जना एनईबी र ३२ जना आईबिडिपीका विद्यार्थीलाई एक समाराकाबिच सम्मानपूर्वक बिधाई बिदाई गरिएको थियो ।


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल, उच्च तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवाल, शिक्षा मन्त्रालयका सहसचिव शिव कुमार सापकोटा, निजी तथा आवासीय विद्यालय संगठन नेपालका अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्यब्सनका अध्यक्ष सुवास न्यौपाने, राष्ट्रिय युवा महासङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, निजी शैक्षिक संस्था संघ नेपालका अध्यक्ष लक्ष्मण केसी, अस्ट्रेलिया शैक्षिक प्रतिनिधि संघ नेपालका अध्यक्ष द्विराज शर्मा, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यसमिति सदस्य तथा नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की, नेपाल मन्टेसरी संघका महासचिव दीपक अग्रवाल, ललितपुर शिक्षा महाशाखाका प्रमुख देवीप्रसाद पौडेल, वडा नं. १५ का अध्यक्ष सुरेश बहादुर सासी तथा विभिन्न शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।