काठमाडौं/३० जेठ – निम्न माध्यमिक तहको नेपाली विषय शिक्षकको तयारीलाई लक्षित गरी शिक्षक सेवा आयोगको स्वीकृत पाठ्यक्रमलाई समेटेर तयार गरिएको “पथ“ नामक पुस्तक बजारमा आएको छ । लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका अनलाइन तयारी कक्षा सञ्चालन गर्ने नेपालको पहिलो ई–लर्निङ प्लेटफर्म ओटिसकै ओटिस बुक मार्ट अनामनगर, काठमाण्डौद्वारा प्रकाशित उक्त पुस्तक त्रिभुवन विश्वविद्यालय किर्तिपुरका उप प्राध्यापकद्वय डा. केशव भुसाल र राजिन पनेरूले तयार पार्नु भएको हो ।
डा. भुसाल विशिष्ट श्रेणीमा नेपाल प्रथम र पनेरू प्रथम श्रेणीमा नेपाल प्रथम हुनु भएका विषय विज्ञहरू हुन ।
शिक्षक सेवा आयोगको पाठ्यक्रममा पूर्णतः आधारित, पाठ्यक्रमका निर्दिष्ट विषयवस्तुका अतिरिक्त थप सामग्रीको समेत संयोजन, २०८१ सालको परीक्षामा सोधिएका प्रश्नहरू लगायत आयोगको ढाँचामा तयार पारिएका पन्ध्र सेटभन्दा बढी प्रश्नोत्तरको प्रस्तुति पुस्तकमा रहेका छन् ।
साथै सम्भाव्य प्रश्नको सुक्ष्म एवम् तथ्यपरक उत्तर लेखन, आयोगमुखी उत्तरलेखनको उचित सम्बोधन, निर्धारित अङ्क र समयलाई दृष्टिगत गरी उत्तरको संयोजन र सहजै अप्राप्य विषयवस्तुको मिहिन प्रस्तुति जस्ता विशेषतायुक्त यो पुस्तक नि.मा.वि. नेपाली शिक्षकको तयारीका लागि अत्यन्त उपयोगी रहेको प्रकाशकले जनाएको छ ।
पुस्तक ओटिसको प्लेटफर्मबाट अनलाइन अर्डर गरी प्राप्त गर्न सकिनुको साथै देशका प्रमुख शहरहरूका थोक तथा खुद्रा पसलहरूबाट समेत प्राप्त गर्न सकिने र थप जानकारीका लागि www.ottishbooks.com वा ९७४८३०९०३२ मा सम्पर्क गर्न सकिने ओटिसले जनाएको छ ।




