काठमाडौं/२३ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया अध्ययनमा जाने विद्यार्थीका लागि एनओसी स्थगित गरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । एनओसी पाउने र शिक्षा आफुहरुको अधिकार रहेको भन्दै अध्ययनमा दक्षिण कोरिया जान एनओसी पाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
कोरिया सरकारले नै कालोसूचीमा राखेका विश्वविद्यालयमा आवेदन दिने गरेको पाइपछि सरकारले गत बैशाख २८ गते डी–२ र डी–४ भिसाको एनओसी स्थगित गरेको थियो । त्यसयता विद्यार्थीले एनओसी नपाएपछि शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
त्यसैगरी यसबारे अध्ययन गर्नका लागि सरकारले छनविन समिति गठन गरेको छ । उच्च शिक्षा महाशाखा प्रमुख बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिनसमिति बनाइएको र एनओसी खोल्ने वा नखोल्ने निर्णय त्यसपछि गरिने मन्त्रालयले जनाएको छ ।



