जनकपुरधाम/२४ जेठ – शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका शिक्षकहरुको बढुवा गरिएको छ । बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षकहरुको बढुवा गरिएको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली सार्वजनिक गरिएको छ ।
साथै बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझे सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माध्यमिक तह द्वितीय श्रेणीका लागि रु.७५०/– र प्राथमिक तह प्रथम श्रेणीका लागि रु. ५००/– शिक्षक सेवा आयोगको कार्यालय कोड नं. ३५०२१३३०३ र राजस्व शीर्षक १४२२४ मा जम्मा गरी निर्देशनालयमा उजुरी दिन सकिने जनाइएको छ ।



