मन्त्रालयलाई शिक्षण सिकाई अनुदान शिक्षकको चेतावनी : माग समावेश नभए सङ्घर्षमा उत्रिने

काठमाडौँ /२२ जेठ – शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले स्थायित्वको माग गरेका छन् । अनुदान कोटामा कार्यरत करिब ११ हजार अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको सेवा स्थायित्वको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण बुझाएका छन् ।


२०७४ सालदेखि ग्रामीण क्षेत्रका आधारभूत तथा माध्यमिक विद्यालयमा शिक्षक अभाव टार्न प्रदान गरिएको सङ्घीय सरकारको शिक्षण सिकाई सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको सेवा निरन्तरता र स्थायित्व हुनेपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


ध्यानाकर्षण पत्रमा भनिएको छ ‘नेपाल सरकार तथा शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच २०७८ सालको ५१ बुँदे सम्झौताले बुँदा नं. ३६, त्यस्तै २०८० असोज ५ को सम्झौताको बुँदा २ को (ट) र २०८२ बैशाख १६ गतेको सम्झौता नं. २ लगायतका बुँदाहरू हेर्दा सम्झौता प्रस्ट हुन्छ । सबै सम्झौताहरूलाई एकतर्फी, मनपरी ढंगले शिक्षा उपसमितिले लत्काएर शिक्षा एैनमा मागहरू नसमेटिनु ११ हजार शिक्षकहरूलाई चोट दिएको छ ।’


साथै सँगै अनुदान कोटामा कार्यरत राहत अनुदान, उच्च मावि अनुदान,प्राविधिक धार अनुदान, विशेष शिक्षा अनुदान कोटाका शिक्षकहरूलाई सम्बोधन गरिनु तर शिक्षण सिकाई अनुदान अन्तर्गतका अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषयगत शिक्षकहरूलाई नसमेटिनुले अपमान गरिएको उनिहरूको भनाई छ ।


उनीहरूले ‘विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू समावेश गर्नुपर्ने माग राख्दै यदी त्यसो नभए सरकार विरुद्ध कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्