पूर्व निर्धारित तालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्ने निर्णय

काठमाडौं/९ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित समय तालिका मै कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघले परीक्षा बहिष्कार गरेको र शिक्षकहरु सडक आन्दोलनमा रहेका कारण परीक्षा हुने नहुने विषयमा अन्योलता थियो ।


राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताए ।


आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।