आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधि र प्रधानमन्त्रीबिच आज साँझ भेटवार्ता हुँदै

काठमाडौं/५ बैशाख – आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिहरू र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भेटवार्ता हुने भएको छ । भेटवार्ताका लागि प्रधानमन्त्रीले आज साँझ ७ बजेका लागि समय दिएका छन् ।


भेटमा शिक्षकहरूले आफ्ना प्रमुख मागहरूबारे जानकारी गराउने तयारी गरेको महासङ्घले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि महासङ्घको टोली अन्तिम तयारी र रणनीतिक छलफलमा जुटेको छ ।


उहाँहरूले आन्दोलन स्थगित गरेर आउनु पर्यो कि वार्तासँगै आन्दोलन पनि स्थगित गर्न पर्यो भन्ने आशय प्रधानमन्त्री कार्यालयको रहेको सचिवालयले जनाएको छ । एमालेका महासचिव शंकर पोखरेल तथा कांग्रेसका नेताहरूले विभिन्न अनौपचारिक छलफलहरूमा आन्दोलनबारे प्रधानमन्त्रीलाई अवगत गरापछि शिक्षकहरूसँग छलफल गर्ने लागिएको सचिवालयको भनाई छ ।