काठमाडौं/५ बैशाख – राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट संचालन हुने कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ । वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको भन्दै उक्त जानकारी दिएको हो ।
परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो Website : www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रबाह गरिनेहुँदा अन्य स्रोतबाट प्रबाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्ड अनुरोध गरेको छ ।
यस्तो छ सूचना
राष्ट्रिय परीक्षा बोड द्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।
परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो Website : www.neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रबाह गरिनेहुँदा अन्य स्रोतबाट प्रबाह हुने सूचनामा भर नपर्न समस्त सरोकारवालामा बोर्ड हार्दिक अनुरोध गर्दछ ।
परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको scanned हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको आधिकारिक Website बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ । सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ ।



