८५ जना सिभिल इन्जिनियरका लागि मध्यपश्चिम विश्वविद्यालयले माग्यो आवेदन

सुर्खेत/५ बैशाख – मध्यपश्चिम विश्वविद्यालयले रोजगारीका लागिल ८५ जना सिभिल इन्जिनियरको आवेदन माग गरेको छ । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति संकलनका लागि आवेदन माग गरेको हो ।


विश्वविद्यालयले ४ जना सिनियर सिभिल इन्जिनियर र ८१ जना सिभिल इन्जिनियर गरी कुल ८५ जना सिभिल इन्जिनियर माग गरेको छ ।


आवेदन दिनका लागि सिनियर सिभिल इन्जिनियरको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ विषयमा स्नाकोत्तर उत्तीर्ण भइ दुई वर्षको कार्य अनुभव भएको हुनु पर्ने र सिभिल इन्जिनियरको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट बि.ई. सिभिल इन्जिनियरिङ वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ । यसैगरी दुबै पदका लागि नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको हुनु पर्ने सूचनामा उल्लेख छ ।