काठमाडौं/१२ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखाले साइप्रसमा अध्ययनमा जाने विद्यार्थीका लागि ७ वटा विश्वविद्यालयमा मात्र एनओसी जारी गर्ने भएको छ । राजदूतावासबाट प्राप्त कूटनीतिक नोट र नेपाली राजदुतावास तेलअविभको स्थलगत प्रतिवेदनका आधारमा निम्नानुसारका ७ वटा विश्विद्यालयहरूमा मात्र वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको हो ।
साथै साइप्रसमा रहेकाका अन्य कुनैपनि कलेजहरुमा शैक्षिक स्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपर्युक्त नरहेको भन्दै परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि सो निर्णय गरिएको वैदेशिक अध्ययन अनुमति शाखाले जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सचिवस्तरको निर्णयका आधारमा ७ वटा विश्वविद्यालयहरूमा मात्र एनओसी जारी गर्ने र अन्य कुनैपनि कलेजहरूमा आजदेखि एनओसी जारी नगर्ने जनाएको छ ।




