त्रिविको मौका परीक्षा : २०५३ साल पछि भर्ना भएका कस्ता परीक्षार्थीले दिन पाउछन् ?

काठमाडौँ /१० फागुन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु मौका परीक्षामा सहभागिता हुने बारे स्पष्ट पारेको छ । वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा काटेका परीक्षार्थीका लागि एक पटक मौका परीक्षाको अवसर दिने उदेश्यले आवेदन फारम खुलाए अनुसार परीक्षामा सहभागी हुनका लागि स्पष्ट पारेको हो ।


मौका परीक्षामा सहभागी हुनका लागि २०५३ सालमा प्रथम पटक भर्ना भई २०५४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भएका शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका सबै ३ वर्षे विद्यार्थीहरूले पाउने त्रिविले जनाएको छ ।


त्यसैगरी मानविकी संकाय तर्फ २०५३ सालमा भर्ना भई २०५४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भई सीमा कटेकादेखि २०७३ सालमा भर्ना भई २०७४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी परीक्षार्थीहरू र प्राइभेट परीक्षार्थीहरूले पाउने छन् ।


यस्तो छ त्रिविको स्पष्टता : कुन वर्षका परीक्षार्थी मौका परीक्षामा सहभागी हुन पाउछन्


३ वर्षे स्नातक तहको हकमा

१. २०५३ सालमा प्रथम पटक भर्ना भई २०५४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भएका शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका सबै ३ वर्षे विद्यार्थीहरू


२. मानविकी संकाय तर्फ २०५३ सालमा भर्ना भई २०५४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भई सीमा कटेकादेखि २०७३ सालमा भर्ना भई २०७४ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी परीक्षार्थीहरू र प्राइभेट परीक्षार्थीहरू ।


४ वर्षे स्नातक तहको हकमा

१. विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ २०६९ सालमा भर्ना भई २०७० सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भई सीमा कटेका र २०७३ सालमा प्रथम वर्षको प्रथम पटकको परीक्षा दिएका परीक्षार्थीहरू मात्र


२. व्यवस्थापन संकाय तर्फ २०७० सालमा भर्ना भई २०७१ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सहभागी भएका र २०७३ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएका परीक्षार्थीहरू मात्र ।


३. शिक्षाशास्त्र संकाय तर्फ २०७२ सालमा भर्ना भई २०७३ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरू मात्र


स्नातकोत्तर तह

२०५६ सालमा भर्ना भई २०५७ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षामा सम्मिलित भई सीमा कटेका र २०७५ सालसम्म प्रथम पटक प्रथम वर्षको परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरू मात्र


मौका परीक्षामा सहभागी हुन पाउने
१. परीक्षा आवेदन फाराम क्याम्पसका विद्यार्थीहरुको हकमा सम्बन्धित क्याम्पसमा र प्राइभेटको हकमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयहरूमा बुझाउने ( यसको लागि अनलाईन व्यवस्था छैन)


२. परीक्षा फाराम भर्ने अन्तिम मिति २०८१ साल फाल्गुन २३ गतेसम्म र सो को एक हप्तासम्म दोब्बर दस्तुर लाग्नेछ ।


३. माथि उल्लिखित अवस्था बाहेकका परीक्षार्थीहरूको हकमा फाराम भरी परीक्षामा सहभागी हुने वा गराउने क्याम्पस जिम्मेवार हुनेछ ।