‘गर या मर’को अवस्थामा शिक्षक, माग पुरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी

काठमाडौं/१० फागुन – नेपाल शिक्षक महासङ्घ झापाले शिक्षा विकास तथा समन्वय इकाईमा विरोध कार्यक्रम अनुसार हिजो विरोध सभासहित ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएपछि आगामी फागुन १५ गते हुने प्रदेश राजधानी र सङ्घीय राजधानी प्रदर्शनको निम्ति तयारी रहन शिक्षकहरूलाई अपिल गरेको छ । महासङ्घले प्रारम्भ गरेको आन्दोलनलाई तार्किक निष्कर्ष पु¥याउने गरी अन्तिम अवस्थासम्म लड्नुपर्ने बताउँदै तयारी रहन सबै शिक्षकहरूलाई अपिल गरेको हो ।


इकाईमा ज्ञापन पत्र बुझाएपछि उनिहरूले आगामी फागुन १५ गते हुने प्रदेश राजधानी र सङ्घीय राजधानी प्रदर्शनको निम्ति तयारी रहन अपिल गर्नुका साथै अब गर या मरको अवस्था रहेकोले आन्दोलन शिक्षकहरूका माग पुरा नभएसम्म नरोकिने चेतावनी दिएका छन् ।


शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवेन्द्र बहादुर मल्ल मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलले बुझाएका थिए । विद्यालय तहमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकको निम्ति राज्य जिम्मेवार बन्नु पर्ने बताउदै राज्यले गुणस्तरीय शिक्षाको निम्ति गुणस्तरीय शिक्षकको व्यवस्था गर्नुपर्ने खरेलले बताए । गुणस्तरीय शिक्षकको निम्ति गुणस्तरीय सेवा सुविधा राज्यले व्यवस्थापन गर्नुपर्नेमा उनको भनाई थियो ।


नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वान बमोजिम शुक्रवार देशैभरीका ७७ वटा नै शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको नेतृत्वमा सञ्चालित कार्यक्रममा मधेसी आदिवासी संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष रमाकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको थियो ।


कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय उपाध्यक्ष बालकृष्ण चौलागाईं, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रविन मैनाली, नेपाल राहत जिल्ला समिति झापाका अध्यक्ष तेजप्रसाद खनाल, बालविकास शिक्षक समिति झापाका अध्यक्ष देविका बस्नेत नेपाल लगायतले नेपाल शिक्षक महासङ्घले प्रारम्भ गरेको आन्दोलनलाई तार्किक निष्कर्ष पु¥याउने गरी अन्तिम अवस्थासम्म लड्नुपर्ने बताए ।


भेलामा नेपाल शिक्षक महासङ्घ बुद्वशान्तिका अध्यक्ष आनन्द कोइराला, मेचीनगरका अध्यक्ष होमराज ढकाल, विर्तामोडका अध्यक्ष युवराज कट्टेल, बाह्रदशीका अध्यक्ष गुणनिधि लुइटेल, भद्रपुरका अध्यक्ष पुरुषोत्तम खरेल, कचनकवलका अध्यक्ष भैरवप्रसाद राजवंशी,झापा गापाका अध्यक्ष जगतनाथ राजवंशी, गौरीगञ्जका अध्यक्ष हरिलाल यादव,अर्जुनधाराका सचिव टंक न्यौपाने, गौरादहका सचिव जगत प्रसाईं, कन्काईका सचिव निर्मल खनाल, हल्दिवारी गंगाराम खरेल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपाल शिक्षक महासङ्घ झापाका सहसचिव टिकाराम खवासले सञ्चालन गरेका थिए ।