भारतमा नेपाली विद्यार्थीको मृत्यु, नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निकालियो

काठमाडौं/५ फागुन – भारतको वडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी बुटवलकी प्रकृती लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निकालिएको छ । लम्सालको शंकास्पद मृत्यु भएको भन्दै विद्यार्थीहरुले अनुसन्धानको माग गरेपछि नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालयबाट निकालिएको हो ।


मृतक कलेजको होस्टेलमा बसेर बीटेक तेस्रो वर्षका अध्ययनरत रहेकी थिइन । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई कलेछ छाड्न भनेको छ ।


विश्वविद्यालयका एक पुरुष विद्यार्थीले दुरव्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।


यो विषयमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मित समयमा बोल्न खोज्दै उठेर समय माग गरेकी थिइन । तर, सभामुख देवराज घिमिरेले समय नदिएकाले बोल्न नपाईने र समय पाए मात्रै आफ्ना कुरा राख्न मिल्ने भन्दै समय दिएनन् ।