काठमाडौँ /३० माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट वितरण र दीक्षान्त समारोहको धरौटी फिर्ता प्रक्रियामा ढिलाई बारे जानकारी लिएको बताएकी छन् । नतिजा प्रकाशन भएको लामो समयसम्म ट्रान्सक्रिप्ट नमुना नबनेको र दीक्षान्त समारोहको धरौटी फिर्ता नभएको विषयमा गुनासो प्राप्त भएकोले सम्बन्धित निकायमा सम्पर्क गरी सोधिएको बताएकी हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै लेखेकी छन् ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट, कात्तिक २९ गते प्रकाशित बिआईटी चौथो वर्षको नतिजा प्रकाशन भएको लामो समयसम्म ट्रान्सक्रिप्ट नमुना नबनेको विषयमा गुनासो प्राप्त भएकोमा सम्बन्धित निकायमा सम्पर्क गरी सोधिएको । यस विषयमा आवश्यक प्रक्रिया पूरा भइसकेको र २०८१ फागुन १ गते देखि ट्रान्सक्रिप्ट प्रिन्ट गरी वितरण सुरु गरिने जानकारी प्राप्त भएको छ । साथै, दीक्षान्त समारोहका लागि राखिएको धरौटी रकम आगामी आइतवार देखि विद्यार्थीहरूलाई फिर्ता हुने सूचना प्राप्त भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’



