विद्यावारिधिको मापदण्ड पालना नगरेका भारतीय विश्वविद्यालयलाई भर्नामा रोक

काठमाडौं/१३ माघ – त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, पाठ्यक्रम विकास केन्द्रले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेका भारतीय विश्वविद्यालयहरुमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको छ । विगत तीन वर्षका शैक्षिक उपाधि छानविन गरिरहेको र नयाँ भर्ना गर्न रोक लगाएको जानकारी दिएको हो ।


भारतीय विश्वविद्यालय अनुदान आयोगको सन् २०२५ जनवरी ९ र १६ तारिखको सूचना अनुसार ओपिजेएस विश्वविद्यालय, चुरु, राजस्थानबाट विगत तीन वर्षका शैक्षिक उपाधि छानविन गरिरहेको र ओपिजेएस विश्वविद्यालय, चुरु, राजस्थान, इण्डिया, सनराईज विश्वविद्यालय, अलवार राजस्थान, सिंहानिया विश्वविद्यालय र राजस्थानहरुले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको सन्दर्भमा उक्त विश्वविद्यालयहरुमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको जनाएको छ ।


उक्त विश्वविद्यालयहरुबाट विद्यावारिधि उपाधि लिएकाको हकमा भारतीय विश्वविद्यालय अनुदान आयोगको स्वीकृति नभएका विद्यावारिधि उपाधिको समकक्षता अर्को सूचना जारी नभएसम्म स्थगन गर्ने उपाधि मान्यता तथा समकक्षता समितिको निर्णय विश्वविद्यालयले गरेको छ ।