काठमाठौं/१४ मंसिर – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम मंसिर १७ गतेदेखि भर्न पाइने जनाएको छ ।
विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले मंसिर १७ गते पौष ७ गतेसम्म नियमित दस्तुर बुझाइ र पौष ७ गतेदेखि पौष १४ गतेसम्म दोब्बर दस्तुर बुझाइ आयोगको अनलाइन दरखास्त दिन सकिने छ ।
आयोगको अनलाइन दरखास्त https://entrance.mec.gov.np मार्फत आवेदन दिन सकिने छ ।



