काठमाडौं/५ मंसिर – त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र सङ्कायले स्नातकोत्तर तह एमएड र एमएसएसएड कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरमा आवेदन माग गरेको हो ।
विश्वविद्यालयले प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको जानकारी दिँदै २०८१ मंसिर ५ गतेदेखि २०८१ पौष २५ गतेसम्म आवेदन दिन सकिने र पौष २८ गते आइतबार ११ देखि १ बजेसम्म प्रवेश परीक्षा हुने जनाएको छ ।
साथै माघ ५ गते नतिजा प्रकाशन, माघ ६ गतेदेखि ९ गतेसम्म विद्यार्थी भर्ना, माघ १० गतेदेखि कक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ ।



