कक्षा ११ र १२ को अनुत्तीर्ण सबैलाई मौका परीक्षाका लागि आवेदन माग

काठमाडौं/६ मंसिर – राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीलाई फाराम भर्न भनिएको हो ।


पुरानो ग्रेडिङ प्रणाली अनुसार डि र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरूले कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरूका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाले अन्तिम एक पटकका लागि आवेदन दिन पाउने छन् ।


बोर्डले परीक्षार्थीलाई अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेकोले परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरू स्वयंले मङ्सिर २७ गतेभित्र अनलाइन मार्फत शुल्क दाखिला गरी आवेदन दर्ता गर्न सक्ने छन् ।


हेर्नुहोस सूचना