काठमाडौं/४ कार्तिक – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. सहकार्यकलाप तथा अतिरिक्त कार्यकलापको योजना र व्यवस्थापनको महत्व के रहेको छ ? सहकार्यकलाप र अतिरिक्त कार्यकलापले विद्यार्थीको शैक्षिक र व्यक्तित्व विकासमा कस्तो भूमिका खेल्छ ? उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
२. कक्षा सजावट तथा कक्षाकोठा व्यवस्थापनमा विद्यार्थीको सक्रिय सहभागिता गराउनका लागि कस्ता उपायहरु अपनाउन सकिन्छ ? विद्यार्थीलाई परिचालन गर्दा शिक्षण प्रक्रियामा कस्तो सकारात्मक प्रभाव पर्छ ? यसबारे व्याख्या गर्नुहोस् ।
३. कक्षाकोठामा मनोवैज्ञानिक व्यवस्थापन भनेको के हो ? शिक्षकले कक्षाकोठामा मनोवैज्ञानिक रूपमा विद्यार्थीहरूलाई कसरी व्यवस्थापन गर्न सक्छन् ? यसको विभिन्न उपायहरू र महत्वबारे छलफल गर्नुहोस् ।
४. शैक्षिक व्यवस्थापन अन्तर्गत कक्षा शिक्षण, विषय शिक्षण, बहुकक्षा शिक्षण र बहुकक्षा बहुस्तर शिक्षणका प्रमुख चुनौतिहरू के–के हुन् ? यी शिक्षण तरिकाहरूलाई प्रभावकारी बनाउन शिक्षकले अपनाउनुपर्ने रणनीतिहरू के के हुन् ? उदाहरणसहित वर्णन गर्नुहोस् ।



