काठमाडौँ/४ कार्तिक – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत भदौं २५ र २६ मा सञ्चालन गरिएको परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । परीक्षामा एक लाख २२ हजार १ सय ७८ परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिएका थिए । साथै सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ८६ हजार २ सय ४६ रहेको छ भने ग्रेड प्राप्त प्रतिशत ७०.६० रहेको छ ।



