काठमाडौं/२८ असोज – पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययनको परिमार्जन गरिएको पाठ्यक्रम २०८२ साल देखिनै लागु गर्ने भएको छ । अहिले कक्षा १० को सामाजिक विषयको पाठ्यक्रम परिमार्जन गर्ने काम भइरहेको र २०८२ देखि लागु हुनेगरी नयाँ टेक्स् बुकहरू तयार गर्ने भएको हो ।
अब परिमार्जन हुने पाठ्यक्रममा ग्रिड परिवर्तन हुने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले बताए । साथै गणित र विज्ञानको पनि ग्रिड परिवर्तन गर्नका लागि काम भइरहेको उनले बताए ।
परिवर्तन हुने ग्रिडमा विद्यालय शिक्षाको पाठ्यक्रममा १२ वटा बुँदामा रहेको उदेश्य अन्य केही कुराले गर्दा सम्बोधन हुन नसकेको र पाठ्यक्रम परिमार्जन पछि सम्बोधन हुनेमा जोड् दिएका छन् ।
उनले भने ‘पाठ्यक्रममा विद्यार्थीलाई समालोचनात्मक सोचाई विकास गर्ने भनिएको छ । तर हाम्रो कन्टेन्ट धेरै छ, शिक्षकले वर्षभरी कन्टेन्टमा केन्द्रीत भएर पढाउनु पर्ने छ, विद्यार्थीलाई अन्य क्रियाकलाप छैन, समालोचनात्मक सोचाईको विकास गर्ने समय छैन, अनि एउटै उत्तर आउने प्रश्न मात्रै सोध्छौँ, अब विज्ञान र गणितको ग्रिडमा ओपन खालका प्रश्न राख्छौँ, यसमा एउटै उत्तर हुँदैन र विद्यार्थीको तर्क गर्ने क्षमता बढ्छ ।’



