काठमाडौं/२७ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : नेपालको राष्ट्रिय शिक्षा प्रणाली
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
१. नेपालको शिक्षा प्रणाली संघ, प्रदेश र स्थानीय तहको संरचना, राज्यशक्तिको बाँडफाँड शिक्षा सम्बन्धी अधिकार क्षेत्र लेख्नुहोस् । यिनीहरुको महत्वपूर्ण भूमिकाहरू उल्लेख गर्नुहोस् । संघ, प्रदेश र स्थानीय तहका बीचमा किन सहकार्य हुन सक्छन् ? यिनीहरुका बीचमा हुने चूनौति लेख्नुहोस् ।
२. शिक्षक सेवा आयोगको संरचना र यसको काम, कर्तव्य र अधिकारहरु के के रहेका छन् ? आयोगले शिक्षकको छनौट प्रव्रिmयालाई अझ प्रभावकारी बनाउनका लागि के कस्ता रणनीतिहरु अपनाउनु पर्छ ? सुझाव दिनुहोस् ।
३. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ का प्रमुख विशेषताहरू के रहेका छन् ? यस प्रारूपले शिक्षामा स्थानीय पाठ्यक्रमको भूमिकालाई कसरी समेटेको छ ? मातृभाषाको प्रयोगसम्बन्धी व्यवस्थालाई पनि समावेश गर्दै यसको विश्लेषण गर्नुहोस् ।
४. शिक्षाका राष्ट्रिय उद्देश्यहरू के के रहेका छन् ? ५ वटा बुँदामा लेख्नुहोस् । विद्यालय तहको सक्षमताले कस्तो नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ ? लेख्नुहोस् ।



